Logo

Banner-news

मुआब्जाबिनै तामाकोशी करिडोर निर्माण कति सम्भव ?


GDP Nepal
   १० आश्विन २०७६, शुक्रबार


काठमाडौं । संघीय सरकारले तामाकोशी नदी किनारमा सडक निर्माणको योजना सुनाएसँगै यसको विषयमा ठूलो चर्चा सुरु भएको छ । हालको चर्चित बजार नयाँपुलदेखि लामाबगरसम्म एउटै सडकले जोड्ने सडक विभागको योजनाले स्थानीय उत्साही भए पनि यो सडक तत्कालै निर्माण सुरु हुन्छ भन्नेमा भने कसैलाई विश्वास छैन ।

तामाकोशी दोलखा जिल्लाको बीचबाट बग्ने नदी हो । यसको करिडोर बन्दा दोलखावासीसँगै पूर्वी नेपालका केही जिल्लाको उत्तरी क्षेत्रसम्म पहुँच सहज हुन्छ । अझ तिब्बतसँगको लामाबगर नाका खोल्ने हो भने यो सडक अपरिहार्यजस्तै छ । त्यसैले दक्षिणी र उत्तरी दोलखालाई जोड्ने गरी तामाकोसी नदी करिडोर खोल्नका लागि चरिकोटस्थित डिभिजन सडक कार्यालयले प्रक्रिया अघि बढाएको छ।

तर, सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन गरिएको छैन र कार्यालयका अनुसार स्थानीयलाई मुआब्जासमेत दिनसक्ने अवस्था छैन । संघीय सरकारले निर्माण गर्ने सडक बिनामुआब्जा निर्माण गर्न स्थानीयले सहमति दिने अवस्था रहँदैन ।

२० मिटर चौडाइको तामाकोसी करिडोर सडक निर्माणका लागि चालू आर्थिक वर्षमा सडक डिभिजनलाई जम्मा १० करोडमात्र बजेट छ । तर, तामाकोसी नदी किनारसम्म पक्कि सडक रहेको र उत्तरी क्षेत्रको बञ्चरेबाट लामाबगरसम्म पनि तामाकोसी किनारै किनार सडक निर्माण भएकोले करिडोर पूरा गर्न करिब २० किलोमिटर सडकमात्र बनाए पुग्ने देखिन्छ ।

जसका लागि तामाकोसी बजारदेखि बञ्चरे खण्डको सडक नदी किनारै किनार सडक निर्माण गर्नुपर्नेछ ।

प्रकाशित : १० आश्विन २०७६, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह