Logo

Banner-news

१२ वर्षमा पनि फर्किएन खोलोः भारतीय धनाढ्य सूचीमा मुकेश अम्बानीको एकछत्र राज !


GDP Nepal
   २६ आश्विन २०७६, आइतबार


नयाँ दिल्ली (एजेन्सी): १२ वर्षमा खोलो फर्किन्छ भन्ने नेपाली उखान छ तर छिमेकी भारतमा भने यो उखान चरितार्थ भएन । भारतका सर्वाधिक धनाढ्य मुकेश अम्बानीले १२ औं वर्षमा पनि शीर्ष स्थानबाट बाहिरिनु परेन ।

विश्वको सर्वाधिक धनाढ्यको सूचीमा माइक्रोसफ्टका बिल गेट्सलाई पछि पार्दै अमेजनका जेफ बेजोस पुगे पनि भारतमा भने कुनै फेरबदल भएन । विश्वप्रसिद्ध अमेरिकी म्यागेजिन फोब्र्सले यस वर्ष भारतका सर्वाधिक १ सय धनी मानिसको सूची सार्वजनिक गरेको छ ।

धनाढ्य सूचीमा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानी लगातार १२ औं वर्षमा पनि पहिलो स्थानमा परेका छन् । अम्बानीको कुल सम्पत्ति ५१.४ अर्ब डलर छ । उनको सम्पत्तिमा गत वर्षको तुलनामा ४० लाख डलरले वृद्धि भएको हो ।

भारतीय धनाढ्यको दोस्रो स्थानमा अडानी पोर्टसका गौतम अडाणी रहेका छन् । उनको सम्पत्ति १५.७ अर्ब डलर छ । तेस्रो स्थानमा हिन्दुजा ब्रदर्श रहेका छन् । उनीहरुको कुल सम्पत्ति १५.६ अर्ब डलर छ ।

यस्तै, चौथो स्थानमा पी मिस्त्री रहेका छन् । उनको कुल सम्पत्ति १५ अर्ब डलर छ । पाँचांैमा उदय कोक रहेका छन् । उनको सम्पत्ति १४.८ अर्ब डलर छ । छैटौं स्थानमा शिव नाडर रहेका छन् । उनको कुल सम्पत्ति १४.४ अर्ब डलर छ । सातौमा राधाकृष्णन दमानी रहेका छन् । उनको कुल सम्पत्ति १४.३ अर्ब डलर छ ।

आठौं, नवौं र दसौंमा क्रमशः गोदरेज फेमिली, लक्ष्मी मित्तल र कुमार बिरला रहेका छन् । उनीहरूको कुल सम्पत्ति क्रमशः १२ अर्ब, १०.५ अर्ब र ९ अर्ब ६० करोड डलर छ ।

प्रकाशित : २६ आश्विन २०७६, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह