काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको १२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेस्ट रिसोर्ट नेपाल लेकसाइड पोखरा, कास्कीमा सम्पन्न भएको हो ।
संस्थाले यस वर्ष लाभांश प्रस्ताव गरेको छैन् । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
सभाले लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ को आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०८० /०८१ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक बर्ष २०८१/०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षण गर्ने लगायतका विशेष प्रस्तावहरुपारित गरेको छ ।
प्रतिक्रिया