काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेर दुई हजार ५९४.१३ विन्दुमा पुगेको छ ।
बैंकिङ ४, विकास बैंक ३१, फाइनान्स ३८, होटल तथा पर्यटन १९, हाइड्रोपावर १८, जीवन बीमा ०.६०, माइक्रोफाइनान्स २१, उत्पादन ५१, अन्य १२, निर्जीवन बीमा ३ र ब्यापार उपसमूह ८३ अंकले घटेको छ ।
आज आत्मनिर्भर लघुवित्त र सिन्धु विकास बैंकको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बाराही हाइरेपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन ३२२ कम्पनीको एक करोड ३८ लाख कित्ता सेयर ६ अर्ब ६५ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया