Logo

बैंक / बिमा /शेयर

बैंकिङ प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक


GDP नेपाल
   १५ माघ २०८१, मंगलबार


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि थप ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

आज जारी निक्षेप संकलन उपकरणको दिउँसो २ बजे अनलाइन बोलकबोल हुने छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।


निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । २१ दिने निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज भुक्तानी आगामी फागुन ६ गते हुनेछ । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।

प्रकाशित : १५ माघ २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह