काठमाडौं । काभ्रेमा आन्तरिक उडानका लागि विमानस्थल बनाउने तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको प्रयास असफल भएपछि सेलाएको चर्चा फेरि सुरु भएको छ ।
तर, यसपटकको चर्चा भने पर्यटनमन्त्रीबाट नभइ सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाबाट भएको हो । बाँस्कोटा काभ्रेबाटै निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
शनिबार मन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणका लागि चालू वर्ष डीपीआर निर्माण हुने र यस शीर्षकमा २५ करोड रुपैयाँ विनियोजन भएको बताए । गत वर्ष संसदीय समितिले हस्तक्षेप गरेका कारण रोखिएको नयाँ विमानस्थलको काम अब भने कसैले रोक्न नसक्ने उनले दावी गरे ।
बाँस्कोटाले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई डीपीआर सकेसम्म चाँडो बनाउन निर्देशन दिइएको समेत खुलासा गरे ।
सरकारले ७ अर्ब खर्चेर काभ्रेमा विमानस्थल बनाउने उनको भनाइ छ ।
प्रतिक्रिया