काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले विरोधका कार्यक्रम घोषणा गरेको छ । संघले मंगलबारसम्म आफ्ना मागहरु पुरा नभए विरोधमा उत्रने चेतावनी दिँदै विरोधका कार्यक्रमहरु घोषणा गरेको हो ।
ग्याँस प्रयोगको सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने, एल.पी. ग्याँस बाट हुने दुर्घटना रोक्न, कमसल पाइप तथा रेगुलेटरको प्रयोगमा कडाई गर्न, र सुरक्षासम्बन्धी नियम पालना गराउन कानुनी व्यवस्था लागू गरिनु पर्ने, २०७० सालमा सरकार र संघबीच भएको ७५ प्रतिशत/२५ प्रतिशत कार्यविधिलाई तत्काल लागू गरिनु पर्ने लगाएतका मागहरु अघि सारेको छ ।
यस्तो छ संघले घोषणा गरेको बिरोध कार्यक्रम
२०८१ साल माघ २९ गते मंगलबार सम्म यस एल.पी. ग्याँस उद्योगले राखेका जायज मागहरु पुरा नभएमा निम्न अनुसार कार्यक्रम गर्ने
१. २०८१ साल माघ ३० गते बुधबार देखि देश भरका ५९ वटै एल।पी। ग्याँस उद्योगहरुले नेपाल आयल निगम बाट प्रोडक्ट डेलिभरी अडर (P.D.O) खरिद नगर्ने नगराउने ।
२. २०८१ फाल्गुण १ गते बिहिबार देखि २०८१ फाल्गुण ५ गते सोमबार सम्म सबै ग्याँस उद्योगहरुले बिरोधका कार्यक्रमहरु बारे स्थानीय सबै संघ संस्था संचार माध्यमहरु मार्फत र केनद्रमा नेपाल एल.पी. ग्याँस उद्योग संघले प्रचार प्रसार गर्ने र सरकारका सबै सरोकार वाला निकाय राजनीतिक दल उपभोक्ता बादी संघ संस्था ग्याँस बिक्रेता संघ संगठन तथा अन्य पेट्रोलियम क्षेत्रका संघ संस्थाहरु संचार माध्यम मार्फत आम उपभोक्ताहरुलाई जानकारी गराउने ।
३. २०८१ फाल्गुण ६ गते मंगलबार देखि भारतको इन्डियन आयलका नेपालका लागि लोड हुने एल.पी. ग्याँसको ग्याँस बुलेट कुनै पनि लोड नगर्ने नगराउने ।
४. २०८१ फाल्गुण १२ गते सोमबार देखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरु कुनै पनि भन्सार नाका बाट नछुटाउने ।
५. २०८१ फाल्गुण १८ गते आइतबार देखि सबै नेपालका ५९ उद्योगहरु जायज मागहरु सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने ।
६. २०८१ फाल्गुण २२ गते सनिबार देखि देश भरका ग्याँस बिक्रेता डिपोहरुले सम्पूर्ण बन्द गरिदिन अनुरोध गर्ने ।
संघका मागहरु:
प्रतिक्रिया