Logo

बैंक / बिमा /शेयर

शिखर इन्स्योरेन्सले बोलायो साधारण सभा


GDP नेपाल
   १ फाल्गुन २०८१, बिहिबार


काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले फागुन १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर, थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।


साथै, सभामा आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।


सभा प्रयोजनका लागि कम्पनीले माघ ३० गतेदेखि फागुन १३ गतेसम्म बुक क्लोज गरेको छ । माघ २९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : १ फाल्गुन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह