Logo

कर्पोरेट-बजार

वृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


GDP नेपाल
   ११ फाल्गुन २०८१, आइतबार


काठमाडौँ । स्पार्क हेल्थ होम अस्पतालको ३३ औँ वार्षिक उत्सव तथा वृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न रोटरी क्लब अफ काठमाडौँ वेष्टका संस्थापक अध्यक्ष स्वर्गीय हिक्मत बहादुर मालीको सम्झनामा एक दिने निःशुल्क हाडजोर्नी तथा नशा शिविर एवं वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

स्पार्क हेल्थ होम अस्पताल कालिमाटीमा सम्पन्न कार्यक्रममा १२० जनाले हाडजोर्नी तथा नशाको स्वास्थ्य जाँच गराएका थिए भने ५३ जनाले रक्तदान गरेको रोटरी क्लब अफ काठमाडौं वेष्टका पूर्व प्रसिडेन्ट किरण कृष्ण जोशीले जानकारी दिए । रोटरीले यस प्रकारको कार्यक्रम हरेक वर्ष गर्दै आइरहेकाले यसलाई निरन्तरता दिएको उनले बताए ।

क्लबले स्वास्थ्य, शिक्षा र समाजसेवाका क्षेत्रमा सक्रिय ढंगले आफ्ना काम कार्वाहीलाई अगाडी बढाएको जोशीले बताए ।

क्लबको यस प्रकारको क्रियाशीलताले रोटरी क्लब अफ काठमाडौँ वेष्ट उत्कृष्ट क्लबको रुपमा स्थापित रहन सफल भएको क्लबका प्रेसिडेन्ट देशकुमार श्रेष्ठले बताए ।

स्पार्क हेल्थ होम अस्पतालले विगत ३२ वर्ष देखि उत्कृष्ट स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको अस्पतालका निर्देशक रुपेश अधिकारीको भनाई थियो ।

क्लबलाई सक्रिय ढंगबाट अघि बढाउन संस्थापक अध्यक्ष स्व.हिक्मत बहादुर मालीको भूमीका अतूलनीय रहेको क्लबका प्रेसिडेन्ट श्रेष्ठले बताए ।

क्लबले आउदो वर्ष आफ्नो २५ औँ रजत जयन्ति मनाउँदै छ ।

प्रकाशित : ११ फाल्गुन २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह