Logo

बिजनेस होम

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना


gdpnepal
   २१ बैशाख २०८३, सोमबार


काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै नेपालको दक्षिणतीर अवस्थित पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखाको समेत प्रभाव रहेको छ ।

हाल मधेश प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम सम्मको वर्षा भईरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा, तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग हावाहुरी, असिना सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

प्रकाशित : २१ बैशाख २०८३, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह