Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न


GDP नेपाल
   १५ फाल्गुन २०८१, बिहिबार


काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक सतमतिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याएको छ।


त्यस्तै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक बैठक भत्ता वृद्धि गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाबाट पारित भएको कम्पनीले जनाएको छ।

प्रकाशित : १५ फाल्गुन २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह