काठमाडौं । विश्व बैंकले आप्रवासी प्राप्त देशहरुमा रहेको भौगोलिक तनाव र तेलको अनिश्चितताले मूल्यमा पार्ने प्रभावको कारण नेपाल भित्रिने रेमिट्यान्समा प्रभाव पार्नसक्ने जनाएको छ । रेमिट््यान्स वृद्धिमा कमी आएमा वित्तीय प्रणालीमा असर गर्न सक्ने विश्व बैंकको भनाइ जनाएको छ ।
विश्व बैंक समूह र इन्स्टिच्युट फर इन्टिग्रेटेड डेलभलपमेन्ट स्टडिज (आईआईडीएस) ले सार्वजनिक गरेको सन् २०१९ मो दक्षिण एसियाली आर्थिक फोकसमा यस्तो अवस्था चित्रण गरिएको हो ।
यस्तै, लगातारको उच्च व्यापार घाटाले नेपालको अर्थतन्त्रमा वाह्य क्षेत्रको जोखिम बढाएको जनाइएको छ । मंगलबार सावैजनिक प्रतिवेदनले त्यस्तै मौसम प्रतिकुलताको प्रभाव पनि नेपालको अर्थतन्त्रमा चुनौति रहेको औल्याइएको छ । मौसममा प्रतिकलता आए कृषि उत्पादनमा असर गर्ने र यसले गरी निवारणमा असर गर्ने उल्लेख गरिएको छ ।
प्रतिवेदनले गरेको प्रक्षेपणअनुसार दक्षिण एसियामा सन् २०२० मा ६.३ प्रतिशतको र सन् २०२१ मा ६.७ प्रतिशतको आर्थिक वृद्धि रहनेछ भने नेपालमा सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत र सन् २०२१ मा ६.५ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
सन् २०२० दक्षिण एसियामा भुटानको आर्थिक वृद्धिदर सबैभन्दा उच्च ७.४ रहने जनाइएको छ भने पाकिस्तानको सबैभन्दा कम २.४ प्रतिशत रहने प्रक्षेपण छ । छिमेकी देश भारतका वृद्धिदर ६.९ प्रतिशतको अनुमान गरिएको छ ।
प्रतिक्रिया