काठमाडौँ । एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया