काठमाडौं: यौन व्यवसाय खुला गर्नुपर्छ भन्न अभिव्यक्ति दिएर विवादास्पद बनेका सत्तारूढ नेपाली कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले माफी मागेका छन् ।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा घिमिरेले आफ्नो अभिव्यक्तिले महिला समुदायमा चोट पुगेको भन्दै माफी मागेका हुन् ।
तर, घिमिरेले उक्त अभिव्यक्ति फिर्ता लिएर संसदको रेकर्डबाट हटाउने माग भने गरेनन् ।
घिमिरेले उक्त अभिव्यक्ति पार्टी र संसदीय दलको नभै आफ्नो व्यक्तिगत रहेको स्पष्ट पारे ।
प्रतिक्रिया