काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले पाँच विधेयक प्रमाणीकरण गरेका छन् । कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुख बाट प्रमाणित भई पेश हुन आएका विधेयकहरू उनले प्रमाणित गरेका हुन् ।
नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम उनले ति विधेयक प्रमाणीकरण गरेको सचिवालयले जनाएका छन् ।
प्रमाणीकरण गरिएका विधेयकहरुमा प्रदेश जीवनाशक बिषादी व्यवस्थापन गर्न बनेको ७७ विधेयक, २०८१ तथा प्रदेश बीउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८१ रहेका छन् ।
यस्तै, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ र कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ पनि प्रदेश प्रमुखले प्रमाणित गरेको प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिएका छन् ।
प्रतिक्रिया