काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा निर्वाचित भएका छन् । महासंघको तेस्रो महाधिवेशनले सापकोटालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
काठमाडौंमा दुई दिनसम्म चलेको उक्त महाधिवेशनको प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
यसैगरी महासंघको उपाध्यक्षमा खुलातर्फ सुवर्ण श्रेष्ठ चयन भएकी छन् भने महिलातर्फ शोभा गुरुङसर्वसम्मत रूपमा चयन भएकी छन् । महासंघको महासचिवमा बालकृष्ण शिवाकोटी चयन हुँदा उपमहासचिवमा डिमप्रसाद पौडेल चुनिएका छन्।
यस्तै सचिवहरुमा गोपाल खनाल, रामराजा श्रेष्ठ, डोलनाथ खनाल र सरोज यादव चयन भएका छन् । महासंघको तीन आयोगहरूमा लेखातर्फ राजकुमार तिमिल्सिना, निर्वाचनतर्फ टंक राउत र अनुशासनतर्फ बालाराम भट्टराई चयन भएका छन् । उक्त महाधिवेशनले क्षेत्रगत रुपमा ९९ सदस्य केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ ।
प्रतिक्रिया