Logo

सूचना/प्रविधि

गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ लोकार्पित


GDP नेपाल
   ३० चैत्र २०८१, आइतबार


काठमाडौँ । साहित्यकार गणेशप्रसाद लाठको संस्मरणसंग्रह ‘सीमान्त सम्झना’ लोकार्पण गरिएको छ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा लेखकहरू यादव भट्टराई, मोहन मैनाली, अदिति शाह र लाठले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे।


पुस्तकमाथि पाठकीय टिप्पणी राख्दै लेखक यादव देवकोटाले लाठको यो कृति चित्रवत् संस्मरणका रूपमा प्रस्तुत भएको आफूले पाएको बताए। नेपालको पुरानो शहर वीरगन्जको कथाव्यथा पुस्तकमा प्रस्तुत गरिएको उनले उल्लेख गरे।


देवकोटाले यसमा कृतिकारको मात्र नभएर धेरै मानिसका अनुभव र अनुभूति समावेश रहेको बताए।

उनले भने, “त्यस बखतको वीरगन्ज बुझ्न यो पुस्तक पढ्नैपर्छ,” उनले भने।
कृतिकार लाठले आफ्नो जीवनका अनुभूति साझा गर्दै यो पुस्तक आउने पुस्ताका निम्ति जानकारीमूलक हुने विश्वास व्यक्त गरे। उनले भने, “कसैले पढोस्, नपढोस्, छापोस्, नछापोस् तर लेखिरहन्छु म।”

लाठको यो कृति पब्लिकेसन नेपालयले बजारमा ल्याएको हो।

प्रकाशित : ३० चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह