Logo

विकास / पूर्वाधार

मन्त्री यादवद्वारा मेलम्चीमा छड्के अनुगमन


GDP नेपाल
   ३० चैत्र २०८१, आइतबार


काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादव सहितको टोलीले आज मन्त्रालय मातहतका विभिन्न विभाग, समिति र कार्यालयमा छड्के अनुगमन गरेका छन् ।

पछिल्लो सयम कर्मचारीहरू कार्यालयहरुमा उनुपस्थित रहने गरेको गुनासोपछि मन्त्री यादव, सचिव ईञ्जिनियर प्रमिलादेबी शाक्य बज्राचार्य, मन्त्रालयका सहसचिव रामबाबु पुरी सहितको टोलीले खानेपानी तथा ढल व्यवस्थापन विभाग र मेलम्ची खानेपानी विकास समितिका सम्पूर्ण शाखाहरूमा छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागमा सबै कर्मचारी हाजिर रहेको भेटिएको तथा मेलम्ची खानेपानी विकास समितिमा १६ जना गैर हाजिर भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो । उनले भने,  ‘मन्त्रीज्यूले गरेको आकस्मिक छड्के जाँचका क्रममा मेलम्ची खानेपानी विकास समितिमा १६ जना कर्मचारी गैर हाजिर भएको भेटिएको छ ।’

छड्के अनुगमन पश्चात कर्मचारीको समय पालना र नियमितताको व्यवस्था मिलाउने, बिद्युतिय हाजिर प्रणाली नभएकाले वैशाख २ गतेबाट मेलम्ची विकास समितिमा बिद्युतिय हाजिर प्रणाली अनिवाय गर्ने तथा कार्यालय समय भित्र कार्यालयको काममा जानु पर्ने भएमा लकबुक राख्न निर्देशन दिईएको सहसचिव पुरीले बताए ।

मन्त्री यादवले छड्के जाँचका क्रममा हाजिरी अवस्थामा भेटिएका विभाग एवं मेलम्चीका कर्मचारीहरूलाई कामका क्रममा हुने समस्याका विषयमा जानकारी समेत लिएका थिए ।

प्रकाशित : ३० चैत्र २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह