दोलखा । दोलखाको गौरीशंकर संरक्षण क्षेत्रमा अब व्यक्तिले पनि कस्तूरी पाल्न पाउने भएका छन् । नेपालमा हालसम्म व्यक्तिगत रुपमा कस्तूरी पाल्न र बिना बिक्री गर्न इजाजत नभए पनि संरक्षण क्षेत्रभित्रै कस्तूरी पाल्ने सुविधा उपलब्ध हुने भएको हो ।
बिनाका लागि कस्तूरीको चोरी शिकारी रोक्न संरक्षण क्षेत्रको यो आकर्षक उपाय हो । एउटा कस्तूरीले वर्षमा २० तोलासम्म बिना उत्पादन गर्छ । यसबाट लाखौं आम्दानी गर्न सकिन्छ । कस्तूरीको बिना अन्र्तराष्ट्रिय बजारमा पनि राम्रै मूल्यमा बिक्री हुने भएकाले कस्तूरीको चोरी तस्करी र सिकार हुने गरेको छ ।
कस्तूरी पाल्नका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आह्वान गरेको छ । आफ्नो संरक्षण क्षेत्रभित्र कस्तूरी पाल्न चाहनेहरू कस्तूरी नै उपलब्ध गराउने भएको छ । कस्तूरी पाल्न चाहनेहरूका लागि अब आफ्नै क्षेत्र भित्र पाल्न दिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण साहले बताए ।
जंगली जनावर पालेरै त्यसबाटै राम्रो आम्दानी लिन चाहनेहरूले निश्चित मापदण्ड पूरा गरी आयोजना कार्यालयमा आउने उनले आब्हान गरे । कस्तूरी पाल्नका लागि चाहिने न्यूनतम् पूर्वाधार तयार गरी कार्यालयमा सम्पर्क गरे संरक्षण क्षेत्र भएकै कस्तूरी आयोजनाले उपलब्ध गराउने भएको छ ।
कस्तूरी पालेर किसानले त्यसको बिना लिन सकिन्छ । संरक्षण क्षेत्रले माऊ कस्तूरी किसानलाई उपलब्ध गराउने योजना बनाएको छ । माऊ कस्तूरीबाट पाठापाठी जन्मिएपछि माऊ संरक्षण क्षेत्रलाई नै फिर्ता गर्नु पर्छ । किसानले कस्तूरी पालेर बिना निकाल्न र बिक्री वितरण गर्न पाउँछ । तर त्यसलाई मार्न भने नपाइने आयोजना प्रमुख साहले बताए ।
सरकारले कानुन मार्फतै जंगली पशुपन्छी पनि फारामको रूपमा घरपालुवा जनावर जसरी नै पाल्न सकिने व्यवस्था गरेकाले संरक्षण क्षेत्रमा पनि कस्तूरी पाल्न दिने भएको हो । त्यसैगरी जंगलमा पाइने कालिज, तित्रा जस्ता पन्छी समेत पाल्नका दिइने बताए ।
मासुका लागि प्रयोग गरिने कालिज र चित्रा जस्ता चराहरू व्यावसायिक रूपमा नै पालन गर्न उनले व्यवसायीहरूलाई आग्रह गरे । संरक्षण क्षेत्रले संरक्षण र स्थानीयको आयआर्जनमा संगसँगै काम गर्न लागेकाले नेपाल भ्रमण वर्ष २०२० केन्द्रित कार्यक्रम सञ्चालन हुने बताए ।
कारोबार दैनिकबाट
प्रतिक्रिया