Logo

राजनीति

धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग


GDP नेपाल
   २४ बैशाख २०८२, बुधबार


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेपाल धितोपत्र बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि कारबाही गर्न माग गरेकी छिन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैटठकमा बोल्दै उनले आईपिओहरुको निष्कासन गर्नको लागि उनले  ५ देखि ७ प्रतिशतसम्म कमिसन माग गरेको कुरा बाहिर आएको भन्दै कारबाहीको माग गरेकी हुन् । 

उनले भनिन्, ‘भनिन्छ पुँजी बजार देशको अर्थतन्त्रको ऐना हो । तर यो ऐनामा एउटा कुरुप कमिसन खोरको अनुहार देखिएको छ । आईपिओहरुको निष्कासन गर्नको लागि धितोपत्र बोर्डको प्रमुखले ५ देखि ७ प्रतिशतसम्म कमिसन मागको कुरा बजारमा आइरहेको छ । बोर्डले आफूले राम्रोसँग काम गरेको छैन् । पुँजीबजारमा हजारौैं नागरिकको पैसा फसेको छ । उनीहरुमाथि अन्याय भएको छ । तत्कालै सुशासन समितिले कारबाही अगाडि बढाओस् र कमिसन खोर बोर्डको अध्यक्षमाथि कारबाही होस् ।’

प्रकाशित : २४ बैशाख २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह