काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४६ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको यसै अवधिको तुलनामा होटलको नाफा १३.३६ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिमा होटलले ४१ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
होटलको सञ्चालन नाफा पनि १५.४१ प्रतिशतले बढेर ५९ करोड १७ लाख रुपैयाँ कायम भएको छ । आम्दानी बढेर १ अर्ब ८९ करोड पुगेको छ ।
१ अर्ब २ करोड १८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५७ पैसा तथा प्रतिसेयर नेटवर्थ २५ रुपैयाँ १७ पैसा रहेको छ ।










प्रतिक्रिया