काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
वाणिज्य बैंकहरुको जेठ महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । जेठका लागि व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर ५.९४ प्रतिशत कायम भएको छ ।
२० वाणिज्य बैंकहरूमध्ये १४ बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यस्तै ३ बैंकले ब्याजदर घटाएका छन् भने ३ बैंकले बढाएका छन् ।
सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर एक प्रतिशतविन्दुले घटाएर ५.५ प्रतिशतमा झारेको छ।










प्रतिक्रिया