Logo

अर्थनीति

गभर्नर पौडेलद्वारा पदभार ग्रहणः सुपरिवेक्षण र कर्जाको गुणस्तर बढाउने प्रतिवद्धता


gdpnepal
   ८ जेष्ठ २०८२, बुधबार


काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।

बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित केन्द्रीय बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् ।

नवनियुक्त गभर्नर पौडेलले पदभार ग्रहण गर्दै सुपरिवेक्षणलाई प्राथमिकतामा राख्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिक्रिया दिए ।

‘हामीले केवल नियम बनाएर मात्र हुँदैन, सुपरिवेक्षणलाई पनि बढाउनुपर्छ’, उनले भने, ‘त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ।’

उनले सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था परिमार्जन गरिने प्रतिबद्धता जनाए । राष्ट्र बैंकका नीतिगत निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने, राष्ट्र बैंकको स्वायत्तता कायम गर्नका लागि राष्ट्र बैंक ऐनअनुसार काम गर्ने पौडेलको भनाइ छ।

 

प्रकाशित : ८ जेष्ठ २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह