Logo

विकास / पूर्वाधार

दमकमा अन्तर्राष्टियस्तरको रंगशाला, टियु क्रिकेट मैदानलाई ४० करोड


GDP नेपाल
   १६ जेष्ठ २०८२, बिहिबार


काठमाडौं । सरकारले झापाको दकममा अन्तर्राष्टियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने घोषणा गरेको छ ।

बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलल काठमाडौंको मुलपानीलगायत मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड विनियोजन गरिएको जानकारी गराए ।

त्यस्तै उनले खेल पूर्वाधार र संरचनाहरुमा लगानी बढाउँदै लैजाने र खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गरिने पनि बताए ।

यस्तै, कीर्तिपुरको क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्ति खरिदका लागि त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिने मूल्यांकनका आधरमा सशर्त अनुदानको व्यवस्था गरिएको पनि उनले जानकारी गराए ।

प्रकाशित : १६ जेष्ठ २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह