Logo

राजनीति

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्भावपूर्ण र फलदायी: मन्त्री भण्डारी


GDP नेपाल
   २० जेष्ठ २०८२, सोमबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिममन्त्री दामोदर भण्डारीले चिनिया सरकारको तर्फबाट भएका सम्झदारीहरु उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको बताएका छन् । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणबाट फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणबाट दुई देशबीचका साझा मान्यता, सम्झौता र सम्झदारीलाई पुनःताजकी गर्ने एउटा सद्भाव भ्रमणको रहेको भन्दै यसमा चिनिया सरकारको सकारात्मक प्रतिबद्धता आएको बताए ।

उनले भने, ‘नेपाल–चीनको पूरानो सम्बन्ध, लामो समयदेखिको मित्रतालाई अझ सुदृढ गर्ने र दई देशबीचका साझा मान्यताहरु सम्झौता एवम सम्झदारीलाई पुनःताजकी गर्ने सद्भाव भ्रमणको रुपमा रह्यो । भएका सहमतिहरुलाई पुनःताजकी र कार्यान्वयन गर्ने कुरामा चिनिया सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’

यस्तै, उनले दुई देशबीचको सम्बन्धलाई अझ उन्नत रुपबाट अगाडि बढाउने, आपसी सम्बन्धहरुलाई मजवुद बनाउने विषयको छलफलहरुमा पनि सहभागी भएको बताए ।

राजधानी बेइजिङ र गान्सुमा उच्चस्तरीय भेटवार्ता तथा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित छिमेकी देशका राजनीतिक दलहरूसँगको संवाद र सभ्यतासँग सम्बन्धित कार्यक्रमलाई सम्बोधन गरेर भण्डारी नेतृत्वको टोली सिचुआन प्रान्तको छेन्दु हुँदै आज स्वदेश फर्किएको हो ।

चीन भ्रमणका क्रममा भण्डारीले चिनियाँ उपराष्ट्रपति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख व्यक्तित्वहरुसँग भेटवार्ता गरेकी थिइन् । 

प्रकाशित : २० जेष्ठ २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह