Logo

मुख्य समाचार

आज र भोलि हावाहुरीसहित चट्याङ र वर्षा हुने


gdpnepal
   १३ चैत्र २०८२, शुक्रबार


काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहँदा फेरि वर्षा हुने भएको छ ।

 शुक्रबारदेखि देशका धेरै क्षेत्रमा वर्षा, हुरीबतास तथा चट्याङ र असिना पर्ने भएको छ । आज ठाउँ ठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

आज र भोलि (शनिबार) हावाहुरीसहित असिनापानी पर्ने भएकाले सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशीका पहाडी र हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भागका धेरै स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी तथा असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

 

प्रकाशित : १३ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह