सिन्धुली श्रेष्ठ समाज काठमाडौंको शनिबार आयोजित आठौं वार्षिक साधारण सभाले होटल तथा पर्यटन व्यवसायी युवराज श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ ।
होटल संघ नेपालका कोषाध्यक्षसमेत रहेका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सिन्धुली घर भई काठमाडौं बस्दै आएका बन्धुहरुलाई एकैथलोमा समेटी भाइचाराको विकास गर्दै आएको बताए । उनले काठमाडौंमा शिक्षा दिक्षा लिँदै आएका भाइबैनीहरु समस्या परेका खचत यस समाजले सहयोग गर्दै आइरहेको बताए ।
उनले सिन्धुलीको विकास र प्रवद्र्धनका लागि त्यस क्षेत्रका स्थानीय उपज तथा गन्तव्यहरुको प्रचार प्रसार गरी पर्यटनमार्फत त्यस क्षेत्रको आर्थिक अवस्था बलियो बनाउन लागि पर्ने पनि बताए ।
अध्यक्ष श्रेष्ठले सिन्धुली क्षेत्रमा पर्यटनको पूर्वाधार खडा भइसकेको हुँदा यस क्षेत्रमा राम्रा राम्रा पर्यटकीय होटलहरु सञ्चालनमा रही स्वदेशी तथा विदेशी पाहुनाहरुलाई आतिथ्यता प्रदान गर्दै आइरहेको पनि बताए ।










प्रतिक्रिया