Logo

राजनीति

गृहमन्त्रीले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने प्रतिपक्ष दलको निष्कर्ष


GDP नेपाल
   २१ जेष्ठ २०८२, मंगलबार


काठमाडौं । मंगलबार संघीय संसदमा प्रतिपक्ष दलको बैठकले गृहमन्त्रीले राजीनमा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहतिका दलका नेताहरुले पहिलो चरण बैठक सकिएको जानकारी दिंदै उक्त निष्कर्ष निकालेका हुन् ।

भिजिट भिसा मार्फत मानव तस्करी प्रकरण र संघिय सदनको बैठकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संघीय सदन स्थित कार्यकक्षमा बैठक भएको थियो ।

बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले श्रम ऐन २०६४ आए पश्चातको समयदेखि हाल रहेका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ सम्बन्धित छानबिन आयोग बनाउने र यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षिय प्रतिबद्धता जनाउने सहमति भएको छ ।

आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

त्यसका लागि प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने बैठकमा छलफल भएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह