Logo

राजनीति

नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ: मन्त्री दाहाल


GDP नेपाल
   २४ जेष्ठ २०८२, शुक्रबार


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालीहरुको हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक रहेको बताएका छन् ।

डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपालको ४५ औं वार्षिकोत्सवमा बोल्दै उनले भौतिक पूर्वाधारको विकास वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक रहेको भन्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए ।

‘हरेक क्रियाकलाप वातावरणमैत्री हुन आवश्यक छ । वन, जङगल संरक्षण र रक्षाको कुरा छ । विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय चुल्लोको प्रयोग बढाउनुपर्नेछ र दाउरा कटौती गर्नुपर्ने अवस्था छ । भौतिक पूर्वाधारको विकास पनि वातावरणमैत्री बनाउने बहस हुनु सकारात्मक हो । फोहोरमैला व्यवस्थापनको लागि राज्य, जनता सबै एक ठाउँमा हुनुपर्छ,’ उनले भने ।

उनले प्लाष्टिकजन्य पदार्थको उत्पादन गर्ने कारखानाहरुमा लगानी गर्ने लगानीकर्ताले अव अन्य व्यवसायमा लगानी गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘प्लाष्टिकजन्य पदार्थको उत्पादन गर्ने फ्याट्रीहरुको स्थापना मान्छेले नै गरेका हुन् । आवश्यकताको आधारमा गरेका हौ । त्यसको नियन्त्रण पनि गर्न सक्छौ । प्लाष्टिकजन्य फ्याट्रीहरुको लगानी गर्नेहरु अर्को व्यवसायमा लाग्नुपर्छ ।’

उनले कागज, बाँस, माटोको भाँडाको प्रयोगले प्लाष्टिकलाई विस्तापित गर्नुपर्ने बताए ।

प्रकाशित : २४ जेष्ठ २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह