Logo

कृषि / सहकारी

साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्रीको प्रस्ताव


GDP नेपाल
   १२ असार २०८२, बिहिबार


काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।

बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।

उनले भने, ‘हामी असार १५ दही चिउरामा रमाउने मान्छे, रोपाइमा रमाउने मान्छे, श्रावण १५ मा खिर खाने चलन छ । अब कोदो दिवस पनि मनाउन भनेर यसपाली नयाँ प्रस्ताव आउँदैछ । मैले श्रावण १५ कोदो दिवस मनाऔं भनिरहेको छु । साथै खिर पनि खाँदा हुन्छ भनेर प्रस्ताव राखेको छु ।’

उनले किसानलाई दुधको पैसा तिर्न नसक्दा दुग्ध व्यवसायीहरुले बोलाएको ठाउँमा नजान सकेको भन्दै वर्षौदेखि उधारो दुध खाइरहेको बताए । 

‘म दुग्ध व्यवसायीहरुले बोलाएको ठाउँमा नजान पाए हुन्छ भन्ने लाग्छ । नेपाल सरकारको प्रतिनिधि मन्त्री हुँ तर किसानलाई पैसा तिर्न सकेका छैनांै । उधारो दुध वषौंदेखि खाइरहेका छौ, त्यो कहिले तिर्ने ? समस्या धेरैतिर छ । तर पनि खुशी भए जस्तो सबैको सामु उभिनु परेको छ,’ उनले भने ।

उनले बजारमा मलको हाहाकारी भइरहने भन्दै यो समस्या न्यूनीकरणका सम्भावना नभएको बताए । साथै उनले कृषि बीमामा पनि धेरै समस्या रहेको बताए ।

प्रकाशित : १२ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह