काठमाडौं । काठमाडौं जिल्ला अदालतले युटुयुब सामग्रीमा चरित्रहत्याको आरोप लागेका दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश खेमराज भट्टराईको इजलासले उनलाई थुनामा नराखी धरौटीमा छाड्ने आदेश गरेको हो ।
प्रहरीरले पाठकलाई फरार भन्दै मुद्दा दायर गरेपछि पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् ।
पाठकविरुद्ध युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोप छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध तीन दिनअघि मुद्दा दायर गरेको थियो ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान गर्न खोजे पनि उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।
पाठकले हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।
प्रतिक्रिया