Logo

राजनीति

गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्: प्रधानमन्त्री


GDP नेपाल
   २६ असार २०८२, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गुरु पूर्णिमाको अवसरमा शुभकामना दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालामर्फत शुधकामना दिँदै उनले गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताए ।

उनले भने,‘आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ। गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् ।’

उनले हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको बताए । त्यस्तो दीप भनेको विवेक रहेके उनको बुझाई छ ।

प्रकाशित : २६ असार २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह