काठमाडौं । सिटिजन्स बैंक सञ्चालक तथा पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयाघातका कारण निधन भएको छ।
शर्माको शनिबार साँझ ८ः१० बजे काठमाडौंका थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।
शुक्रबार बैंक सञ्चालक समिति बैठकमा सहभागी शर्माको निधनले स्तब्ध भएको उल्लेख गर्दै बैंकका अध्यक्ष प्रवलजङ्ग सञ्चालक शर्माको निधनबाट अपूरणीय क्षति भएको बताए ।
शर्मा विं.सं. २०६९ फागुन १२ देखि २०७५ फागुन १२ सम्म निर्वाचन आयुक्त रहेकी थिइन् भने उनले दि राइजिङ नेपालमा १३ वर्ष काम गरेकी थिइन् ।
शर्माको दाहसंस्कार भोलि गरिनेछ।
माओवादी द्वन्द्वमा पति गुमाएकी शर्माका दुई छोरी छन् ।










प्रतिक्रिया