Logo

बैंक / बिमा /शेयर

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली


GDP नेपाल
   २९ असार २०८२, आइतबार


काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर विक्री प्रबन्धक प्रभु कक्यापिटलले आज बिहान आईपीओ बाँडफााड गरेको हो ।

दुई लाख ९४ हजार २७६ जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् । मागभन्दा बढी आवेदन परेका कारण करीब १७ लाखभन्दा बढी आवेदन कर्ताहको हात खाली भएको छ । आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेको थियो ।

आफूलाई आईपीओ परे/नपरेको लगानीकर्ताले सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछत् । यो आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड़ ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेकोमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत थियो ।

कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो । थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

प्रकाशित : २९ असार २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह