काठमाडौं । झापाको दमकमा रहेको व्यापारिक कम्प्लेक्स साउन १ गतेबाट सर्वसाधारणका लागि खुला भएसँगै अवलोकनका लागि पुग्नेहरुको संख्या बढिरहेको छ ।
साउन १ गते ४ सय १८ सर्वसाधारणले अवलोकन गरेकोमा २ गते ३ सय ८१ र ३ गते ४ सय ८१ जनाले अवलोकन गरेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाका आयोजना प्रमुख रमेश थिङ्ले जानकारी दिए ।
विहान १० बजेदेखि बेलुकी ५ बजेसम्म खुला गरिउको छ भने प्रति व्यक्ति प्रवेश शुल्क एक सय तोकिएको छ ।
शहरी विकास मन्त्रालयले साउन १ बाट अहिले परिक्षणका रुपमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालनमा ल्याउन लागेको हो । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाको छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ । यो धरहराभन्दा अग्लो हो ।










प्रतिक्रिया