काठमाडौं । चालू वर्षसम्म कुल खपतको आधाजसो बिजुली भारतबाट आयात गरिरहेको सरकारले आउँदो ५ वर्षमा भने थप ५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने तथा यसबाट करिब ५० अर्ब रुपैयाँको निकासी गर्ने योजना बनाएको छ ।
नेपालमा हाल वार्षिक करिब २० अर्ब रुपैयाँ बराबरको विद्युत् आयात भइरहेको छ । तर, विद्युत् प्राधिकरणले आउँदो पाँच वर्षभित्र ४९ अर्ब ७२ करोड २० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गर्ने जनाएको छ । प्राधिकरणको कर्पोरेट विकास योजनाअनुसार आगामी वर्षदेखि विद्युत् निर्यात गर्ने उल्लेख छ ।
चालू वर्षमा विद्युत् निर्यात नभए पनि २०७७÷७८ मा १ अर्ब ६ करोड ३० लाख, २०७८÷७९ मा ८ अर्ब ९८ करोड ३० लाख, २०७९÷८० मा १७ अर्ब ५३ करोड ८० लाख तथा २०८०÷८१ सालमा २२ अर्ब १३ करोड ८० लाख निर्यात गर्ने योजना प्राधिकरणको छ ।
पाँच वर्षभित्र प्रति व्यक्ति खपत ७ सय युनिट पु¥याउने लक्ष्य राखेको प्राधिकरणले पाँच हजार मेगावाट वितरण गर्न सक्ने क्षमता पु¥याउने योजना छ । आगामी वर्षदेखि विद्युत् खेर जाने भन्दै विद्युत् प्राधिकरणले विद्युत् निर्यातको योजना अघि बढे पनि कसरी निर्यात गर्ने भन्ने टुंगो लागेको छैन ।
सरकारले भारत र वंगलादेशमा विद्युत् निर्यात गर्ने योजना बनाएको छ । चालू वर्षमा २३३ विद्युत् थप गर्ने तथा आगामी पाँच वर्षभित्र ५ हजार १ सय ९२ मेगावाट विद्युत् उत्पादन पु¥याउने लक्ष्य राखेको विद्युत् प्राधिकरणको योजनामा आगामी २०७७/७८ देखिनै स्वदेशी विद्युत् उत्पादनले माग धान्ने उल्लेख छ ।
प्रतिक्रिया