Logo

बैंक / बिमा /शेयर

नेपाल इन्स्योरेन्सको हकप्रद सेयर निष्काशन


GDP नेपाल
   ७ श्रावण २०८२, मंगलबार


काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत अर्थात १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३.४७८३ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार इन्स्योरेन्सले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद साउन २६ गतेसम्म कायम गरिएको छ ।

प्रकाशित : ७ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह