Logo

मुख्य समाचार

‘द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउन आवश्यक’


GDP नेपाल
   ९ श्रावण २०८२, बिहिबार


काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले वर्तमान विश्वमा द्विपक्षीय सहयोग र साझेदारीलाई साझा समृद्धिका लागि अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् ।

बुधबार काठमाडौंमा आयोजित अनररी कन्सुलर कोर नेपाल (एचसीसी–एन) को १८औँ वार्षिक साधारणसभा तथा चार्टर डे समारोहमा बोल्दै उनले आर्थिक कूटनीति तथा जनस्तरमा सम्बन्ध विस्तारका लागि अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको पनि बताईन् ।

उनले भनिन्,‘नेपाल र अवैतनिक वाणिज्यदूतहरूले प्रतिनिधित्व गरेका राष्ट्रहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउनु साथै सम्बन्धित राष्ट्रहरूसँग आर्थिक, शैक्षिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तार गर्न अवैतनिक वाणिज्यदूतहरूको भूमिका अत्यन्तै महत्वपूर्ण छ । यसको लागि म धन्यवाद पनि दिन चाहान्छु ।’

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह