Logo

अर्थनीति

विद्या भण्डारी पथमा रामचन्द्र पौडेल: संसदमै फिर्ता पठाए संवैधानिक परिषद् ऐन


gdpnepal
   ९ श्रावण २०८२, बिहिबार


काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई  संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा  फिर्ता पठाएका छन् ।

ऐन संशोधन संविधानको  मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास  प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।

 दुवै सदनबाट पारित भइ आएको सो संसोधन  विधेयक प्रमाणिकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो ।

यसअघि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले नागरिकता ऐनको संशोधन यसैगरी फिर्ता पठाएकी थिइन् ।

 

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह