Logo

बिजनेस होम

मनसुनी वायुको प्रभाव कमजोर: मौसम पूर्वानुमान असफल भएकै हो ?


gdpnepal
   १० श्रावण २०८२, शुक्रबार


काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 

यस वर्ष विगतमा भन्दा बढी पानी पर्ने मौसमविदहरूको अनुमान सही निक्लिन सकेको छैन । तराईलाई सरकारले नै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेकोछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । एकदुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ । 

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले राति कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी प्रदेशको केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

 

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह