Logo

अर्थनीति

संघीय निजामती सेवा विधेयकमा त्रुटि, छानबिन समितिको म्याद ७ दिन थप


GDP नेपाल
   १० श्रावण २०८२, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ ।

शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

उनले भने, ‘संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिबाट ७ दिनको कार्यावधि थप गर्न माग भई आएकोले उक्त समितिको समयावधि ७ दिन थप गर्न सभाको सहमतीको लागि प्रस्ताव गर्दछु । म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।’

प्रकाशित : १० श्रावण २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह