Logo

बिजनेस होम

सिजी ब्रुअरीको सञ्चालन आम्दानी २ अर्ब ६६ करोड


GDP नेपाल
   १४ श्रावण २०८२, मंगलबार


काठमाडौं । चौधरी समूह अन्र्तगतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ ।

रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी निरन्तर घट्दो क्रममा देखिएको हो । जस अनुसार आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । यस अघि कम्पनीले आव २०७८/७९ मा बियर विक्रीबाट ४ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले नेपाल आइस, मुस्ताङ प्रिमियम स्ट्रोङ, रियल गोल्ड ब्राण्डमा बियर उत्पादन गर्दै आएको छ । इक्रा नेपालको विवरण अनुसार बियर बजारको घट्दो माग र प्रतिस्पर्धा धेरै भएको र कम्पनीको बढेको अन्तःशुल्क लागत उपभोक्ताहरूलाई सर्दा आर्थिक वर्ष २०८०/८१ सञ्चालन घाटा भएको बताइएको छ । साथै उच्च विक्री खर्च (लिक्विडेशन योजनाहरूसँग सम्बन्धित) र डिलरहरूलाई दिइएको छूटले पनि सञ्चालन तथा खुद घाटा बढेको बढेको देखिएको छ ।

सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाइ सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ । कम्पनीका विभिन्न ११ ओटा ब्राण्ड भए पनि सबैभन्दा धेरै आम्दानी भने नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रोङ बियरको छ ।

नवलपरासीमा रहेको कारखनाबाट कम्पनीले बियर उत्पादन तथा बोटलिङको काम गर्दै आएको छ । कम्पनीले बियर उत्पादनका लागि चाहिने कच्चा पदार्थ युरोप र भारतबाट आयात गर्छ भने अन्य आवश्यक कच्चापदार्थ चामल–कनिका र चिनी भने नेपाली सप्लायर्सबाट खरीद गर्ने गरेको छ । कम्पनीका देशभर ३०० डिलर र ५३ हजार रिटेलहरू छन् । सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाइ सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह