Logo

मुख्य समाचार

सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगति असन्तोषजनक: मुख्यमन्त्री सिंह


GDP नेपाल
   १९ श्रावण २०८२, आइतबार


जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवसहितको टोलीले खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सनको स्थलगत अनुगमन गरेका छन् ।

मधेश प्रदेशका लागि अति आवश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सनको कार्यप्रगती, संरचना र बाँकी कामहरुका बारेमा मुख्यमन्त्री सिंहले आयोजनाका पदाधिकारीहरुसंग कुराकानी गर्नुका साथै छलफल समेत गरेका छन् ।

सो क्रममा आयोजनाको सिनियर डिभिजनल ईन्जिनियर अशोस राज गौतमले आयोजनमा बाँकी कामहरुको विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

उनले दिएको जानकारी अनुसार एक चरणको टनेल निर्माणको कार्य पूरा भइसकेको छ । तर बाँकी रहेको दुई चरणको कार्यप्रगती जम्मा १० प्रतिसत मात्र रहेको छ । जबकी ठेक्का लागेको ५० प्रतिसत समय बितिसकेको छ । यस अनुसार समयमै आयोजना सम्पन्न हुन नसक्ने उनले बताए ।

अनुगमन पश्चात मुख्यमन्त्री सिंहले मधेश प्रदेशको सिचाईका लागि कोशे ढुंगा साबित हुन सक्ने बताए । उनले सम्पूर्ण कार्यप्रगती असन्तोष जनक रहेको धारणा राखे । अनुगमन पश्चात देखिएको समस्याहरुलाई बुंदागत टिपोट गरी रिर्पोट बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने र ध्यानाकर्षणसमेत गराउने बताए ।

प्रकाशित : १९ श्रावण २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह