Logo

बिजनेस होम

आज सातै प्रदेशमा पानी पर्ने: मेघगर्जन र चट्याङसहित मध्यम वर्षा


gdpnepal
   २० श्रावण २०८२, सोमबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । 

आज हल्कादेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । 

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । 

सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागको भनाइ छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईनजिक रहेको विभागले बताएको छ । 

 

प्रकाशित : २० श्रावण २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह