Logo

बिजनेस होम

टोयोटाको हाइब्रिड इलेक्ट्रिकमा विशेष अफर


GDP नेपाल
   २० श्रावण २०८२, सोमबार


काठमाडौं । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को अवसरमा विशेष अफर सार्वजनिक गरेको छ ।

साउन २१ देखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा सहभागी हुँदा कम्पनीले ‘टोयोटा मेगा अफर’ अन्तर्गत आकर्षक सुविधाहरू राखेको छ । एक्सपोमा टोयोटाका तीन लोकप्रिय मोडलहरू ‘यारिस क्रस हाइब्रिड इलेक्ट्रिक’, ‘ल्यान्ड क्रुजर २५०’ लगायतका सवारीहरू प्रदर्शनमा राखिनेछ ।

एक्सपो अवधिभर टोयोटा गाडी बुक गर्ने ग्राहकले भारी छुट, टोयोटा प्ल्याटिनम कार्ड, जीवनभर निःशुल्क पिकअप तथा ड्रप सेवालगायतका सुविधाहरू प्राप्त गर्न सक्नेछन् । त्यसैगरी टोयोटाको स्टलमा आउने हरेक आगन्तुकले आकर्षक गिफ्ट ह्याम्परसमेत प्राप्त गर्नेछन् । यद्यपि यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि मात्र लागू हुनेछ ।

प्रकाशित : २० श्रावण २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह