Logo

बिजनेस होम

नाडा अटो शो भदौ ३ गतेदेखि सुरु हुने


GDP नेपाल
   २१ श्रावण २०८२, मंगलबार


काठमाडौं । नाडा अटो शो आगामी भदौ तीन गतेदेखि सुरु हुने भएको छ ।

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । शोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री श्री विष्णु प्रसाद पौडेलले गर्ने एशोसिएशनले जनाएको छ ।

नाडा अटो शो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब रहेको आयोजकको भनाइ रहेको छ । ‘गो फर मोर’ भन्ने नारासहित आयोजना हुने यस वर्षको नाडा अटो शो ले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने आयोजकको भनाई छ ।

नाडा अटो शो २०२५ मा निम्न विशेष प्रविधिहरू प्रस्तुत गर्ने जनाएको छ । स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे रोबोट, भविष्यको शहरी हवाई मोबिलिटीको पहिलो झलक जस्ता प्रविधिहरु प्रस्तुत गर्ने बताएको छ ।
कुन कुन ब्राण्ड आउँदैछन रु

स्वचालन र बुद्धिमत्ताको नयाँ युगको प्रतीकस्वरूप उन्नत चारपांग्रे युनिटरि रोबोट्स, दिपल इभोटल युएभि सहित १९ वटा चारपांग्रे ब्रान्डहरू, १३ वटा हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू, ४ वटा दुईपांग्रे सवारी ब्रान्डहरूले शो मा सहभागिता जनाउँदै छन् ।

शोमा ३५ वटा कम्पनी ९ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू०, १२५ भन्दा बढी प्रदर्शकहरू रहेनछन भने करीब १ लाखभन्दा बढी आगन्तुकहरुले शो को भ्रमण गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह