Logo

मुख्य समाचार

सभामुख घिमिरेसमक्ष कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन पेस


GDP नेपाल
   २१ श्रावण २०८२, मंगलबार


काठमाडौं । सभामुख देवराज घिमिरेलाई संघीय निजामती विधेयकको ‘कुलिङ पिरियड’ छेडखानी छानबिनका लागि गठित संसदीय समितिले प्रतिवेदन बुझाएको छ ।

मंगलबार समितिका संयोजक जीवन परियारले सभामुखलाई प्रतिवेदन बुझाएका हुन् । २९ दिन लामो सरोकारवालासँगको छलफलपश्चात समितिले प्रतिवेदन तयार गरेको हो । यो बीचमा समितिको ३७ वटा बैठक बसेको थियो ।

गत असार २३ गते संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिमा कांग्रेसबाट सांसदहरू जीवन परियार र सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की थिए ।

 

प्रकाशित : २१ श्रावण २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह