काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रहनेछ ।
बाँकी भूभागमा साधारणतया बदली रहनेछ ।
देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित रहेकाले वर्षा हुने भएको हो ।
लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोसी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।










प्रतिक्रिया