Logo

राजनीति

भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय: प्रधानमन्त्री


GDP नेपाल
   २२ श्रावण २०८२, बुधबार


आवाजा  । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् ।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू(एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताएका हुन् ।

उनले भने, ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो ।’, उनले थप भने, ‘यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौं, यसलाई साझा समृद्धिको इन्जिन बनाऔं भन्ने आव्हान हो ।’

प्रकाशित : २२ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह