Logo

अर्थनीति

स्थानीय पूर्वाधार विकास योजनामा प्रभावकारी कार्यान्वयनको खाँचो: मन्त्री सिंह


GDP नेपाल
   २२ श्रावण २०८२, बुधबार


काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न सबै सरोकारवालालाई आह्वान गरेका छन् ।

बुधबार राजधानीमा आयोजित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री सिंहले स्थानीय पूर्वाधार विकास विभागले चालू वर्षमा गर्ने योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘२०८२/८३ मा गर्नुपर्ने योजनाहरूलाई कसरी प्रभावकारी ढंगले कार्यान्वयन गर्ने भन्नेमा ध्यान दिनुपर्छ । ईन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि विकट स्थानमा निर्माण भइरहेका झोलुङ्गे पुलहरू समेत तोकिएको समयमा सम्पन्न हुनुपर्छ ।’

मन्त्री सिंहले मन्त्रालयमा आफू आएपछि भइरहेको गतिविधिहरूलाई नजिकबाट नियाल्दै समस्याहरूको समाधानका लागि पहल गरिएको बताए । उनले भने, ‘कहाँ के भइरहेको छ भन्नेमा विशेष ध्यान दिइरहेका छौं । समस्याहरूलाई छलफलमार्फत चाँडो समाधान गर्न सकिन्छ ।’

गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएको उल्लेख गर्दै उनले आगामी वर्षमा यसलाई उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रकाशित : २२ श्रावण २०८२, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह